मुस्ताङका ५ वटै पालिकाबासीले सीमापार पास पाउने सहमति

कोरला नाका ४ वर्षपछि खुल्यो

मुस्ताङका ५ वटै पालिकाबासीले सीमापार पास पाउने सहमति

नाकामा चिनियाँ पक्षबाट कडा निगरानी

korala nakaaa (1)

तस्वीरः सुन्दरकुमार थकाली

जोमसोम— मुस्ताङका ५ वटै पालिकाका नागरिकलाई कोरला नाका (नेचुङ—लेग्चे) सीमापारी  जान पाउने भएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु बिष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङको विशेष पहलमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई मात्र दिने गरिएको सीमापार प्रस्थान अनुमति पत्र पास अब वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका नागरिकलाई पनि पाउने भद्र सहमति भएको बताइन्छ ।

चीनले नेपाल पक्षले मुस्ताङका सबै पालिकाका नागरिकले सीमापार प्रस्थान अनुमति पत्र पास लिएर आएमा चीनले प्रेवशमा रोकतोक नगर्ने सहमतिभएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

लगातार ४ वर्षपछि आज सोमबार औपचारिक रुपमा विधिवत उद्घाटन भएको नेचुङ—लेग्चे कोरलानाकाको औपचारिक कार्यक्रममा उक्त सहमतिभएको अध्यक्ष बिष्टले जानकारी दिए । योसंगै मुस्ताङका ५ वटै पालिकाका नागरिकले सीमापार प्रस्थान अनुमतिपत्र पास पाउने अध्यक्ष बिष्टको भनाई छ । उक्त सहमति चीन पक्ष र नेपाल पक्षबीच भद्र सहमति भएको उनले बताए ।

यसैगरी, आज सोमबारदेखि संञ्चालनमा आएको नेचुङ —लेग्चे कोरला नाका अब दैनिक बिहान ८ बजेदेखि दिउँसोसम्म खुल्ला रहने सहमति गरिएको छ । जसअन्तर्गत बिहान ८ बजे देखि ३ बजे सम्म संञ्चालन हुने नाका खुल्ला अवधिको बिहान ११ बजेदेखि १२ बजेसम्म खाना खाने ब्रेक समय रहने सहमति भएको गाउँपालिकाका अध्यक्ष बिष्टले बताए ।

हिउँदयामको प्रतिकुल मौसम, हिमपातका कारण नाका आउजाउमा असहज हुने अवस्था आएमा नेपाल पक्ष र चीन पक्षबीचको सहमतिमा आवश्यक निर्णय लिने सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

लगातार ४ वर्षदेखि बन्द नेचुङ—लेग्चे कोरलानाका खुल्ला गरिएको पहिलोदिन करिव ७ सय नागरिकले चीनको तिब्बती बजारमा गएर मालसामान खरिद गरे । नाकाको पहिलोदिन अहिले सम्मकै निकै ठुलो मानव चहलपहल थियो । पहिलो दिन भएकाले चीन पक्षले नेपाल पक्षका नागरिकलाई कडा चेकजाँच गरेको थियो ।

तस्वीरः सुन्दरकुमार थकाली

तस्वीरः सुन्दरकुमार थकाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ