लमजुङमा एक घरमा आगलागी, ३३ लाख रुपैयाँ बराबरको क्षति

लमजुङमा एक घरमा आगलागी, ३३ लाख रुपैयाँ बराबरको क्षति

aagalagi

लमजुङ । लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटस्थित शुकलाल श्रेष्ठको परिवार बस्दै आएको घरमा आगलागी हुँदा ३३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

विन्दु श्रेष्ठको २ तले कच्ची घरमा केही वर्षदेखि शुकलालको परिवार बस्दै आएका थिए । स्थानीयका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उक्त घरमा आगलागी भएको हो । आगलागीबाट जस्ताले छाएको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएको वडाअध्यक्ष कृष्णबहादुर रानाभाटले बताए ।

शुकलालका श्रीमानश्रीमती साथै छोरा र छोरी खाना खानको लागि बाबा आमाको उपल्लो घरमा खाना खान गएको बेला आगलागी भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ ।

स्थानीय, प्रहरी साथै बेंसीशहर नगरपालिकाको दमकलले आगो निभाए पनि घरभित्रका सवै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार आगलागीबाट ३३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ