बागलुङमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु

बागलुङमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु

mrita fela

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।

शुक्रबार बिहान काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा हिंड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीय भाजबिर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विजुलीको तार भुईंमा लत्रिएको र सोही तारमा कुल्चिंदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटनाको जानकारी पछि अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङका प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा ७ जना प्रहरी घटनास्थलमा खटिएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ