बालिका हत्याको आरोपमा सौतेनी आमा र मामा सहित तीनजना पक्राउ

बालिका हत्याको आरोपमा सौतेनी आमा र मामा सहित तीनजना पक्राउ

Arrest

सांकेतिक तस्बिर

सर्लाही। १७ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्लाको हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मामा ५५ वर्षीय शेख जिलानी र मामा जिलानीका छोरा २४ वर्षीय शेख असजद छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो ।

बालिका हत्याको कारण खुलिसकेको छैन। पक्राउ परेका उनीहरूमाथि हत्या कसूरमा मुद्धा चलाई आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ