पोखरा वडा नं. २४, कास्कीकोट लौरुक निवासी बिक परिवारमा तिहारकै बेला ठूलो बज्रपात पर्यो । हाते ट्याक्टरले गोडा छेड्दा रक्तश्रावका कारण टेकबहादुर बिकको ज्यान गयो ।
कार्तिक २४ गते दिउँसो दुई बजेतिर आफ्नै खेतबारीमा हाते ट्क्याक्टरले खनजोत गर्दै गर्दा अचानक अनियन्त्रित भै बायाँ गोडा छेड्न पुगेको पूर्व जनप्रतिनिधि धनबहादुर नेपालीले जनाएका छन् ।
हाते ट्य्राक्टर बायाँ गोडामा ३ वटा घाउ बनाउँदै तिघ्राबाट छेडिँदा अत्यधिक रक्तश्राव भएको र अचेत अवस्थामा अस्पताल लगिएको थियो । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगी उपचार जारी थियो । तर, कार्तिक २८ गते साँझ ६ बजे उनको निधन भयो ।
बिकको शरीरको रगत सञ्चालनमा समस्या देखिएपछि डाक्टरहरुले अपरेशन गर्नुपर्ने सल्लाह दिएका थिए। डाक्टरहरुको सल्लाह बमोजिम देब्रे गोडाको घुँडाभन्दा तल्लो भाग काटेर उपचार हुँदै आएकोमा अचानक मृत्यु भएको परिवारले जनाएको छ ।
बिकका श्रीमति, १९ वर्षका छोरा, ५ वर्षकी छोरी र २ वर्षे छोरा रहेका छन् । चाडबाड मान्न फर्केका बिक चाडबाडकै दिन अस्ताउँदा परिवारजन सहिनसक्नूको पीडामा छन् । परिवार सबै विक्षिप्त छन् ।
टेकबहादुर साउदी अरबमा काम गर्दै आएका थिए । उनी अब दुबई जाने तयारीमा थिए । त्यसको लागि सबै तयारी भइसकेको थियो ।
बिक परिवारको सहयोगार्थ रकम संकलन पनि सुरु भएको छ । सहयोगी मनहरुले धनबहादुर नेपालीलाई ९८४६०८७९२६ मा सम्पर्क गर्न सकिनेछ ।
बैंक खाताको विवरण: (निजको श्रीमतीको)
Bank Name: Muktinath Bikash Bank Ltd.,
Harichowk Branch, Pokhara
Account Number: 01122300739761000001
Account Name: Samjana Kami
सम्पर्क नं:
+977 970-2722787 (छोरा सुवास बिक)
+977 980-6706697 (श्रीमती सम्झना कामी)
+977 9862383661 (BP Gautam)
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो