सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

Gold sun

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ।

आज छापावाल सुन एक लाख १५ हजार ७ सय र तेजाबी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन एक लाख १५ हजार ५ सय र तेजाबी सुन एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ