नवलपुरमा कार र ट्रक ठोक्किँदा १ जनाको मृत्यु

नवलपुरमा कार र ट्रक ठोक्किँदा १ जनाको मृत्यु

death body

नवलपुर । पूर्वी नवलपरासीको डन्डामा कार र ट्रक ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डन्डामा मंगलबार लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ५९ वर्षीय हरिषचन्द्रमान श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिकाका २८ वर्षीय सरोज कुमार शाह र २१ वर्षीय सरस्वती शाह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ