लमजुङको खत्रीठाँटीमा जुवातास खेल्दै गरेका ११ जना सवा १ लाख सहित पक्राउ

लमजुङको खत्रीठाँटीमा जुवातास खेल्दै गरेका ११ जना सवा १ लाख सहित पक्राउ

Arrest-juwa-tas

लमजुङ। लमजुङमा जुवातास खेल्दै गरेका ११ जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ।

जिल्लाको सुन्दरबजार नगरपालिका-६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठ सहित ११ जनालाई नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार २ सय ९५ रूपैयाँ, ६ बुक तास,१ सेट पासा र १६ थान कौडासहित पक्राउ गरेको हो ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको लमजुङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ