नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा खटेर अस्थाई टहरा बनाउने काममा तीव्रता दिएको छ ।
यसैक्रममा युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीको नेतृत्वमा रहेको गण्डकी प्रदेशबाट खटिएको ५० जनाको समूहले चौरजहारीमा अस्थायी टहरा बनाएर हस्तान्तरण समेत गरेको छ ।

चौरजहारी–१० र ११ का प्रभावित १४ घरपरिवारका लागि अस्थायी टहरा बनाएर हस्तान्तरण गरिएको अध्यक्ष जिसीले जानकारी दिएका छन् । स्थानिय साधन–स्रोतको प्रयोग गरेर काठपात राखेर माटोले लिपेको पर्खाल र त्रिपालको छानो भएको अस्थाई बास निर्माण गरेको अध्यक्ष जिसीले बताए ।

यसरी अस्थायी टहरा पाएपछि भुकम्पबाट घरबार विहिन भएका नागरिक पनि खुसी भएका छन् । चौरजहारी नगरपालिका–१० पोखरीका स्थानिय शशिराम राणाले भने– ‘सरकारको भर परेर त कहिले हो कहिले ? चिसोले सताएको बेला न्यानो अस्थायी घर पाएर खुसी लाग्यो ।’

सर्वसाधारणले युवा संघलाई धन्यवाद समेत दिएका छन् । यसपछि आफूहरु चौरजहारी नगरपालिकाको वडा नं. १० र ११ मा तीन वटा समूह बनाएर अरु अस्थायी टहरा बनाउने काममा खटिएको युवा संघ कास्कीका सचिव नवराज केसीले जानकारी दिए ।

‘पार्टी केन्द्रको निर्देशन अनुसार हामी खटिएका छौँ । यही मंसिर १४ गतेसम्म प्रभावित क्षेत्रमा खटेर काम गर्ने र यसपछी नेकपा एमालेको मध्यपहाडी जागरण अभियानमा जोडिने योजना छ’ उनले भने ।





माओवादी निष्क्रिय भएको आरोप लागिरहेको बेला एमालेले भने माओवादीको आधार इलाकामा पुर्न निर्माणलाई तीव्रता दिएको छ ।
विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको दस्ताले विगत पाँच दिन देखी जाजरकोट र रुकुममा पुनर्निर्माण तथा भग्नावशेष व्यवस्थापन गरिरहेको छ ।
माओवादीको आधार इलाका रुकुम पश्चिममा मात्रै एमालेका ४ सय स्वयंसेवक खटिएका छन् । उनीहरुले यहाँ अहिले सम्म सय भन्दा बढि घर पुनर्निर्माण गरिसकेका छन् ।
एमालेले खटाएका स्वयम सेवक दस्तामा रहेका युवाहरू अहिले आफ्नै खर्चमा ढलेका घरहरू उठाउन लागेका छन्। यहाँ २५ जनाको दरले ४० समूहमा विभिन्न स्थानमा भग्नावशेष व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ ।
यसैबीच, नेकपा एमाले मजदुर संगठन जिफण्ट, विद्यार्थी संगठन अखिल पनि खटिएको छ ।







सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन