पोखरामा जारी केपि ओलि कप टि-२० क्रिकेटमा बाग्मती प्रदेशले लगातार दोस्रो जीत दर्ता गराएको छ ।
शुक्रबार भएको खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउदै १८९ रन बनायो ।
१ सय ९० रनको लक्ष्य पाएको कर्णालिले ९९ रनमै समेटिएको छ । १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो । बागमती प्रदेश पाेखरामा जारी केपि ओली कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।
बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिएका हुन् । बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले पराजित गरेको थियो ।
गण्डकीसँग एपीएफ स्तब्ध
गण्डकी प्रदेशको टोलीले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ ।
एपीएफले दिएको १०२ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्दै गण्डकीले ऐतिहासिक जित दर्ता गराएको हो । गण्डकीका लागि मुकेश थापाले सर्वाधिक २५ रनको योगदान दिए । दीनेश बुढामगरले २४, गौरव विक र अविषेक थापाले ११\११ रन जोेडे ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित १८ ओभर ४ बलमा १०१ रन बनाएको थियो ।
एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक २० रनको योगदान दिए । शुक्रबार भएको पहिलो खेलमा बाग्मती प्रदेशले दोस्रो जीत दर्ता गराएको छ । बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । १९० रनको लक्ष्य पाएको कर्णालीले ९९ रनमै समेटिएको छ। १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो । टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो ।
१९० रनको लक्ष्य पाएको कर्णालीले ९९ रनमै समेटिएको छ। १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो । जितसँगै बाग्मती समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबारको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र मधेश प्रदेश भिड्नेछन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिता बिहीबार सुरु भएको हो ।
मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनेछ ।
म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन