पोखराको चाउथेबाट जुवातास खालबाट ८ जना १ लाख बढी नगदसहित पक्राउ

जुवातास

पोखराको चाउथेबाट जुवातास खालबाट ८ जना १ लाख बढी नगदसहित पक्राउ

arrested-1

पोखरा। कास्की प्रहरीले जुवातास खेलिरहेका ८ जनालाई नगद सहित पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१४ चाउथेस्थित ‘प्रज्वल प्रतिक खाजा घरबाट’ जुवातास खेल्दै गरेका उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।

उक्त खाजा घरमा अवैध जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खाजा घरका संचालक पर्वत कुश्मा नगरपालिका -१३ का ४५ वर्षीय प्रेम बहादुर कार्की सहित ८ जनालाई नगद १ लाख ५ हजार ५६० सहित पक्राउ गरेको हो।

उनिहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds