पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध सहित विदेशी नागरिक पक्राउ

लागुऔषध कारोबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध सहित विदेशी नागरिक पक्राउ

Pokhara Airport Buddha

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलाेपटक लागु औषधसहित एक विदेशी नागरिक पक्राउ परेका छन्।

पोखरा -१४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागु औषध गाँजा ३५ ग्राम र गाँजाको तयारी धुलो (पोल्यान) जस्तो देखिने पदार्थ १० ग्रामसहित नर्वेका ५३ वर्षीय नागरिक रुने फ्लाथा बिहान पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौं जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

उनीमाथि लागु औषध गाँजा शीर्षक मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds