पोखरा आउँदै गरेको हाइसबाट लागुऔषध सहित युवक पक्राउ

पोखरा आउँदै गरेको हाइसबाट लागुऔषध सहित युवक पक्राउ

Light Blue White Clean Grid Family Photo Collage

पोखरा। लागु औषध नाईट्रोभ्याट सहित प्रहरीले एक युवालाई पक्रेको छ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले पोखरा-३० पावरहाउसबाट नाईट्रोभ्याट १७७ पिस सहित पर्सा जिल्ला ठोरी गाउँपालिका -३ बस्ने २० वर्षीय विशाल दिसवा थारूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पावरहाउस चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा आउंदै गरेको हाईसमा सवार युवकलाई उक्त परिमाणको लागु औषध सहित पक्राउ गरिएको हो।

उनीमाथि लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds