राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाइएको छ । यस्तै अनिलकेशरी शाहलाई पार्टीले केन्द्रीय सदस्य बनाएको छ ।
महोत्तरीको जलेश्वरमा आज (बुधबार) बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनयनसमेत गरेको छ । पार्टीका ६ सांसद यसअघि नै केन्द्रीय सदस्य थिए ।
पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति पनि केन्द्रीय सदस्य रहनेछन् । पछिल्लो निर्णयअनुसार पार्टीको केन्द्रीय सदस्यको संख्या ६० पुगेको छ ।
पार्टी महामन्त्री मुकुल ढकालका अनुसार आज केन्द्रीय सचिवालयमा शाहसँगै राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई पनि समेटिएको छ ।
यस्तै, रास्वपाले तीनजना सह-प्रवक्ता पनि थपेको छ । जसमा मनीष झा, प्रतिभा रावल र रमेश प्रसाईं छन् ।
बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको छ । पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरिएको पनि ढकालले जनाए । उनले सोहीअनुसार पार्टी सचिवालय गठन गरिएको जानकारी दिए ।
यस्तो छ रास्वपाको सचिवालय :
१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – स्वर्णिम वाग्ले
४. महामन्त्री – मुकुल ढकाल
५. सह-महामन्त्री – कवीन्द्र बुर्लाकोटी
६. सह-महामन्त्री – सुमना श्रेष्ठ
७. सह-महामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सह-कोषाध्यक्ष – बसुमाया तामाङ
१२. सह-कोषाध्यक्ष – दीपक बोहोरा
केन्द्रीय सदस्य थप :
१. अनिलकेशरी शाह
२. राजन गौतम (चितवन)
३. नन्दन यादव (महोत्तरी)
४. पुकार बम
५. कामिनी चौधरी
अन्य पदाधिकारी :
१. सह-प्रवक्ता – मनीष झा
२. सह-प्रवक्ता – प्रतिभा रावल
३. सह-प्रवक्ता – रमेश प्रसाईं
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन