मोटरसाइकल दुर्घटनामा श्रीमान, श्रीमति र ४ महिने छोरीको मृत्यु

दुर्घटना

मोटरसाइकल दुर्घटनामा श्रीमान, श्रीमति र ४ महिने छोरीको मृत्यु

bike acc

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान, श्रीमति र ४ महिने छोरीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीसँगै बुवाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो।

मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको थियो। गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो। त्यहाँ लग्नेक्रममा बाटोमै मृत्यु भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds