पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

oil_nigam2022-03-09-05-58-32

काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले बिहीबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो।

मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँ कायम हुने भएको छ भने, सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न तीन ठाउँहरूलाई वर्ग विभाजन गरेको छ।

निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर तीन सय रूपैयाँ घाटा भए हाललाई मूल्य यथावत नै राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ