पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।
बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणविर सिंहलाई ६–२,७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।
गल्र्स सिंगलतर्फ जापानका उता असाकुराले भारतका इसिता मिधालाई ६–०,६–० ले, भारतका यासिका सोकिनले भारतकै इसि महेश्वरीलाई ५–७,६–३ र ६–० ले, भारतका दिसा बेहराले भारतकै स्वस्ती सिंहलाई ६–४,३–६ र ६–२ ले र हङकङकी जेन लिङ चुङ वाङले भारतका सगुन कुमारी सगुनलाई ६–२ ,६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
ब्वाइज डबल्सफर्त जापानका को फुजिकावा र रुया ससामोटोको जोडीले भारतका सन्चित सुधिर राव र अनिकेट भेंकाटारामनको जोडीलाई ६–०,२–६ र सुपरटाईमा ११–९ ले पराजित गर्दै फाइनलमा स्थान बनाए । गल्र्स डबल्सतर्फ जापानका उता असाकुरा र हङकङकी जेन लिङ चुङ वाङ जोडीले भारतका अन्वी पुनागण्टी र सगुन कुमारी सगुनको जोडीलाई ६–३, ६–१ ले तथा भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै सेरि सर्मा र रिधि सिण्डेको जोडीलाई ६–३,६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर