स्याङ्जाको पञ्चकन्या माविका बाली विज्ञानका विद्यार्थीहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरण गरिने भएको छ ।
अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाममा स्थित पन्चकन्या माध्यमिक विद्यालयका प्राविधिक धार बाली विज्ञान तर्फका विद्यार्थीहरुले आफैं सिक्दै, पढ्दै, कमाउँदै गर्ने अभियान अन्तर्गत कृषि उपजहरु उत्पादन गर्न लागेका हुन् ।
उनीहरुले आफ्नो विद्यालयमा पठनपाठन सँगसँगै हुने अतिरिक्त क्रियाकलाप मध्ये कृषि उपज उत्पादनलाई पनि जोड दिँदै बिक्रीवितरण गरी अतिरिक्त लाभ लिन सकिने बताउँछन् ।
विद्यालयले २ रोपनी जग्गा लिजमा लिएर विद्यार्थीहरुलाई पठनपाठन सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै कृषि कार्यमा जोड्न सिक्दै पढ्दै साथै कमाउँदै अभियान शुरु गरिएको विद्यालयका शिक्षक पृथ्वी सुवेदीले बताए ।
उनले सो अभियानबाट विद्यालय, विद्यार्थी, अभिभावक साथै सरोकारवाला सबैलाई अतिरिक्त फाइदा हुने जानकारी दिए । आगामी दिनमा यस अभियानलाई निरन्तरता दिएर उपयुक्त समयमा एउटा नर्सरी स्थापना गरी कृषि उपज उत्पादन, च्याउखेती, सयपत्री फुल उत्पादन साथै विरुवाहरु उत्पादन गर्दै बिक्रीवितरण गरेको र अझ थप व्यवस्थित गर्दै विद्यार्थीहरुलाई यस्तै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने शिक्षक सुवेदीले बताए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?