जोमसोम । मुस्ताङमा अवैध रुपले ल्याइएको बिना भन्सारको भारतीय नीलो रङको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दी र मुस्ताङको सीमा क्षेत्र घाँसा प्रहरी चौकीको चेक पोस्टले भारतबाट मुस्ताङ ल्याइएको केए ०३ एनसी ०४३२ नम्बरको अवैध गाडी बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
चौकीले पर्यटकको परमिट र सवारी भन्सार राजस्व बुझाएको/नबुझाएको चेकजाँच गर्ने क्रममा उक्त गाडीको भन्सार राजस्व बुझाएको कागजात नभएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।
भारतीय नम्बर प्लेटका गाडी नेपालमा ल्याउँदा दैनिक ६ सय रुपैयाँ र मोटरसाइ्कल २ सय रुपैयाँका हिसाबले सम्बन्धित निकायको भन्सार कार्यालयलाई अनुमतिका लागि राजस्व बुझाउनुपर्ने हुन्छ । यसरी राजस्व तिरेर भित्रिएका सवारी साधन नेपालमा एक वर्षमा ३० दिनभन्दा बढी राख्न नपाइने नियम रहेको मुस्ताङ भन्सार कार्यालयका नायव सुब्बा होमबहादुर बिष्टले बताए ।
मुस्ताङ प्रवेश गर्ने नाका घाँसामा चेकजाँच हुँदा उक्त भारतीय गाडीका धनीले भन्सार राजस्व बुझाएको प्रमाण पेश गर्न नसकेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । गाडी जिल्ला प्रहरी कार्यालय मुस्ताङ लगिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको गाडी मुस्ताङ भन्सार कार्यालयलाई जिम्मा लगाएको प्रहरी निरीक्षक मिलनबहादुर विकले सुनाए ।
भारतको उत्तर प्रदेश कानपुरदेखि मुक्तिनाथ दर्शन गर्न आउने क्रममा हेमन्त गुटलको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मुस्ताङ भ्रमणका लागि पर्यटन प्रवेश अनुमती पत्र लिए पनि गाडीको भन्सार राजस्व बुझाएका थिएनन् । उनले यसबारे जानकारी नभएको र भन्सारले पनि राजस्व बुझाउनु पर्छ भन्ने जानकारी नगराएको बताएका छन् ।
मुस्ताङ भन्सार कार्यालयले नियन्त्रणमा लिएको भारतीय गाडीको १५ दिने हबदावी सूचना जारी हुने र सो अवधिमा सम्वन्धित व्यक्तिले भन्सार राजस्व बुझाएको प्रमाण पेश गर्नुपर्ने भन्सार कार्यालयका नायव सुब्बा होमबहादुर बिष्टले उल्लेख गरे ।
यसैबीच, मुस्ताङ प्रहरीले विना अनुमती पत्र ल्याइएका १० थान वाउफिङ कम्पनीको १० थान हेन्डसेट (सञ्चार उपकरण) वरामद गरेको छ । म्याग्दी र मुस्ताङ सीमाना घाँसामा प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा बुधबार १० भारतीय पर्यटकको साथबाट हेन्डसेटहरु वरामद गरिएको हो ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले पोखराबाट म्याग्दी हुँदै मोटरसाइकलमा आउँदै गरेका भारतीय पर्यटकको साथबाट सञ्चार प्रयोजनका लागि ल्याईएका विना अनुमती पत्रका १० थान हेन्ड सेट बरामद भएको बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार