माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा लक्ष्मी पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा लक्ष्मी पक्राउ

Laxmi

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ घर भई हाल जिल्ला काठमाडौंको बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार कुलमान कुमालसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै उनले प्रतिव्यक्ति ९ लाख माग गरेकी थिइन् । उक्त रकम दिएमा माल्टाको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर उनले रकम लिएर फरार भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘पीडितहरुबाट पटकपटक गरी जम्मा ६ लाख ८ हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भइ ठगी गरेको र आज बिहान पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds