धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ

धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ

ashish purna

पोखरा। अवैध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -१४ मझेरिपाटन र खाल्टेमसिनाको बीचमा पर्ने नयाँपुलबाट प्रहरीले डेढ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ घर भइ हाल पोखरा-९ पृथ्वीचोक बस्ने १९ वर्षका आशिष थापा मगर र पोखरा -१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ रहेका छन्।

प्रहरीका अनुसार दुई जनाले उक्त स्थानबाट एक जनाको साइकल खोसेर लगेको भन्ने सूचना पश्चात वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले मंगलबार राति साइकल सहित तामाङको कोठाबाट डेढ किलो गाँजा बरामद गरेको हो।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ