नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो

नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो

nepal army

पोखरा । नेपाली सेनामा अधिकृत पदहरुका लागि आवेदन खुलेको छ । प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न सेनाले आवेदन मागेको हो ।

अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, समाचार सम्पादक÷वाचक, फोटोग्राफर, अर्केस्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत आवेदन खुलेको छ ।

सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार आजदेखि पुस २१ गतेसम्म र दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म दरखास्त फारम बुझाउन सकिन्छ ।

दरखास्त फारम अनलाइनमार्फत भरेर, त्यसलाई प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर बुझाउनु पर्ने नेपाली सेनाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

दरखास्त बुझाउँदा सबै पदका लागि नेपाल बैंक लिमिटेडको राजश्व शीर्षकमा एक हजार रुपैयाँ जम्मा गरेको सक्कल र एक थान प्रतिलिपि भौचर पनि बुझाउनु पर्नेछ ।

एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि २० प्रतिशतको दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ