पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत डबल्स पुरुषतर्फ नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी प्रथम भएको छ । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गरे । महिला डबल्सतर्फ जापानकी उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम भए । फाइनल खेल खेलमा यो जोडीले भारतका भेनेला रेडी गारुगुपाटी र सायवी सायवी गौरव दलालको जोडीमाथि ६–३, ६–३ को नजिता निकाले ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ्ग, प्रदेश खेलकुद परिष्द गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्ग, टुर्नामेण्ट डाइरेक्टर अजय विष्ट, आयोजक संघ कास्कीका सदस्य विष्णुबहादुर थापा लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको पुरुषतर्पm उपाधीका लागि आरब सम्राज हाडा र एलेक्से सिवोइव भिड्ने भएका छन् । आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जित हाँसिल गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवालाले फाइनलमा स्थान सुरक्षित पारेका छन् । आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका सर्मालाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको समापन शनिबार हुने आयोजक संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक गुरुङ्गले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो