पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम

पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम

itf semis 2

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत डबल्स पुरुषतर्फ नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी प्रथम भएको छ । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गरे । महिला डबल्सतर्फ जापानकी उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम भए । फाइनल खेल खेलमा यो जोडीले भारतका भेनेला रेडी गारुगुपाटी र सायवी सायवी गौरव दलालको जोडीमाथि ६–३, ६–३ को नजिता निकाले ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ्ग, प्रदेश खेलकुद परिष्द गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्ग, टुर्नामेण्ट डाइरेक्टर अजय विष्ट, आयोजक संघ कास्कीका सदस्य विष्णुबहादुर थापा लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको पुरुषतर्पm उपाधीका लागि आरब सम्राज हाडा र एलेक्से सिवोइव भिड्ने भएका छन् । आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जित हाँसिल गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवालाले फाइनलमा स्थान सुरक्षित पारेका छन् । आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका सर्मालाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको समापन शनिबार हुने आयोजक संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ