पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ

अपराध

पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ

साईबर अपराध मुद्दा अघि बढ्यो

mobile balak

पोखराका एक १६ वर्षीय बालक अश्लिल सामाग्री बनाएर सहपाठीलाई ब्ल्याकमेलिङ गरेपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अश्लील तस्वीर तथा भिडियो बनाई एक बालिकालाई ब्ल्याकमेल गर्ने  उनलाई पक्राउ गरेको हो ।

पोखरा वडा नं. २७ की १६ वर्षीया एक बालिकालाई एउटै स्कूलमा अध्ययनरत १६ वर्षकै बालकले बालिकाको फोटो तथा भिडियोहरुलाई अश्लील बनाई फेसबुकमा पोष्ट गरिदिन्छु, आफन्तलाईसमेत पठाएर बेईज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा व्ल्याकमेल गर्ने गरेको प्रहरीले जनाएको छ ।

बालिकाका परिवारले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

बालकलाई दुई थान मोबाइलसहित पक्राउ गरी विद्युतीय कारोवार ऐन (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ