स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकामा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि ञ्चकन्या माविले जितेको छ ।
पञ्चकन्या माविले ११ स्वर्ण, ११ रजत र ४ कास्य पदकसहित २६ पदक जित्दै पालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवको उपाधिसहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
त्यस्तै, उपविजेता बनेको अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमीले ८ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित २१ पदक हासिल गरेको छ । तेस्रो बनेको दरौं माविले ७ स्वर्ण, २ रजत र ८ कास्यसहित १७ पदक हासिल गरेकोमा ४ स्वर्ण, ३ रजत र ८ कास्यसहित १५ पदक प्राप्त गर्दै जन मावि चौथो बनेको हो ।
पालिकाको खेलमैदानमा गत १९ गतेदेखि सञ्चालित उक्त प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव शुक्रबार समापन भएको हो । उक्त महोत्सवमा पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीबिच छात्र र छात्रा चम्चा दौड, म्युजिकल चियर, एकल गायन तथा नृत्य, डोरी तान्ने, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प लगायतका प्रतियोगिता साथै छात्रहरुको लागि छेलो हान्ने , क्रिकेट र भलिबल खेलमा प्रतिस्पर्धा गरिएको थियो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले महोत्सवमा विजेता र उपविजेता भएका खेलाडीलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा पालिकाभित्रका ६ माविसहित २८ विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?