स्याङ्जाको सदरमुकाम पुतलीबजारमा निर्मित हङकङ पार्कको समुद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले स्याङ्जा जनसेवा समिती, हङकङद्वारा पुतलीबजार नगरपालिका-१ बालमन्दिर स्थित नेपाल टेलिकमको शाखा कार्यालय अगाडिको प्राङ्गणमा निर्मित हङकङ पार्कमा राखिएको गौतम बुद्धको मुर्तिको अनावरण गर्दै समुद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्री गुरुङले जन्मेको देश छोडेर बाहिर रहेनी स्याङ्जाबासीहरु एकजुट भएर कुनै समयमा फोहोर रहने ठाउँलाई पार्क बनाएर मनोरञ्जन स्थल बनाउन सहयोगका साथ सफल रहेका सम्पूर्ण हङकङबासीलाई धन्यवाद ज्ञापन गरे ।
मन्त्री गुरुङको हातबाट उद्घाटन पछि उक्त पार्कको स्वामित्व पुतलीबजार नगरपालिकालाई हस्तान्तरण गरिएको स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष ईश्वर बहादुर गुरुङले बताए ।
उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्य राजु थापा, गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला मन्त्री सीता सुन्दास, स्याङ्जा जिल्ला समन्वय समितिका सभापति श्री प्रसाद जि.टि.,स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, पुतलीबजार नगरपालिकाका प्रमुख तुल्सीराम रेग्मी, पुर्व प्रमुख सिमा क्षेत्री, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघसंस्था, आमासमुह, पत्रकार, स्थानीय लगायतकाको उपस्थिति र स्याङ्जा जनसेवा समिती हङकङका अध्यक्ष ईश्वर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शशी कुमार गुरुङले गरेका थिए ।
सोहि कार्यक्रममा लोक दोहोरी गायिका निर्जला गुरुङले आफ्नो प्रस्तुतिले सबैलाई मनोरञ्जन गराएकी थिइन् ।
हङकङमा कार्यरत रहँदा मृत्यु भएका स्याङ्जालीको परिवारलाई आर्थिक सहयोग
हङकङमा कार्यरत रहँदा मृत्यु भएका गल्याङ नगरपालिका घर भएका ५१ वर्षीय राजु रानाको परिवारलाई स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष ईश्वर बहादुर गुरुङद्वारा आर्थिक सहयोग गरिएको छ ।
अध्यक्ष गुरुङले स्व. रानाको छोरी आरती र दिब्या रानालाई चार लाख एक हजार ६८३ रुपियाँ सहयोग प्रदान गरे ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु