बाग्लुङको खौलार बजारमा एकै रातमा ६ वटा घरमा चोरी

बाग्लुङको खौलार बजारमा एकै रातमा ६ वटा घरमा चोरी

chori

बाग्लुङ । बाग्लुङको खौलार बजारमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ ।

बडिगाड गाउँपालिका–५ खौलार बजारका ६ वटा घरबाट सुनसहित पाँच लाख रुपैयाँ बराबरको नगद चोरी भएको हो । एकै रातमा बजारका आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् ।

गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीकाअनुसार बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी चोरी भएको हो । रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाडा पसल तथा हार्डवेयरबाट नगद १५ हजार, जलजला होटलबाट नगद १० हजार, मायालु होटलबाट पाँच हजार कक्षपति स्टोर्सबाट चार हजार रुपैयाँ नगद चोरी भएको बताइएको छ ।

सबै घरका ताल्चा फुटाएर चोरी भएको स्थानीयले बताएका छन्। घटना बारे अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds