लमजुङमा सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी

लमजुङमा सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी

mrita fela

लमजुङ । लमजुङमा सामूहिक भोज खाएका एक जनाको मृत्यु भएको छ । २९ जना बिरामी परेका छन् ।

बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन् । त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु, १२ वर्षीया छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचाररत छन् । भोज खाएका सोही पालिकाको वडा नम्बर ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालमा बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ