आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

sun gold

पोखरा। नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन मंगलबार ७०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds