कास्कीमा अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

कास्कीमा अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

३३

पोखरा। नदिजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गरेको अभियोगमा प्रहरीले ५६ सवारीसाधन लाई नियन्त्रणमा लिएको छ।

कास्कीका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक नदिजन्य पदार्थ उत्खनन् गरी फर्जी बिल बनाएर चोरी निकासी गरेको अभियोगमा प्रहरीले ५६ सवारी साधनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहारी कार्यालय कास्कीका अनुसार स्थानीय जनगुनासो तथा सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले मंगलबार ट्रक, टिपर र ट्याक्टर गरी ५६ वटा सवारीसाधन लाई कागजपत्र तथा फर्जी बिल सहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारीका सम्बन्धित धनिलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पोखरा महानगरपालिकाको नगर कार्यपालीकाको कार्यालयमा पेश गरिनुका साथै यस्ता सवारी साधनको नियमित अनुगमन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ