कास्की प्रहरीले पोखरामा सामाजिक विकृति फैलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ३ घर भएका वर्ष ३१ का रोहित लामा भन्ने भगवान वम्जन र गोरखा सुलिकोट गाउँपालिका वडा नं. २ घर भएका वर्ष २१ का घुमिन्द्र घले रहेका छन् ।
वडा प्रहरी कार्यालय, बैदामका अनुसार पक्राउ परेका बम्जन पोखरा-६ खहरेस्थित जुसेरी क्याफेका म्यानेजर हुन् भने घले फ्रिडम क्याफेका कर्मचारी हुन् । उनीहरुलाई सोमबार राति ११ बजे पक्राउ गरिएको हो ।
लेकसाइड खहरे क्षेत्रमा सञ्चालित क्याफेहरुमा पर्यटक तथा स्थानीय ग्राहकलाई मनोरञ्जनको नाउँमा कानून विपरित नशालु पदार्थ सेवन गराएर समाजमा होहल्ला, अशान्ति र विकृति फैलाउने गरेको भन्ने स्थानीयको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोली घटनास्थल पुगेर कानुन विपरितका कार्य नगर्न, नगराउन सचेत गराउँदा उल्टै प्रहरीमाथि अपशव्द प्रयोग गर्दै वादविवाद गरेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा पहिलोपटक पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन