जाडोमा न्यानो बाँड्दै पोखरा मःमः

जाडोमा न्यानो बाँड्दै पोखरा मःमः

Nyano kapada

पोखराको बिरौटा स्थित पोखरा मःमः ले व्यवसाय मात्र गरेको छैन । यसले सामाजिक उत्तरदायित्व वहन गर्दै पूण्यको काम समेत गरिरहेको छ ।

यसैवर्ष जाडो लक्षित कार्यक्रम गरेको सञ्चालक सबिन न्यौपानेले जानकारी दिए । उनका अनुसार १ सय वटा न्यायो हुड वितरण गरिएको छ ।

पोखराको केदारेश्वर महादेव मन्दिर, विन्ध्यवासिन मन्दिर परिसरमा रहेका दीन दुःखी असहायहरुलाई उक्त स्थानमै पुगेर हुड वितरण गरिएको छ ।

यस्तै, दृष्टिविहीनहरुलाई पनि न्यानो हुड प्रदान गरिएको न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ