बाराही जंगल लजलाई ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्ड

बाराही जंगल लजलाई ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्ड

hotel-barahi

पोखरा । चितवनको बाराही जंगल लज २०२३ को ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित भएको छ ।

बाराही हस्पिटालिटीको लगानीमा चितवनमा रहेको बाराही जंगल लजलाई टफ्ट टाइगर वाइल्ड लाइफ अवार्ड अन्तर्गत उक्त अवार्ड प्रदान गरिएको हो ।

टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई उक्त अवार्ड प्रदान गरेका हुन् । जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा ‘मस्ट इन्स्पिरेसनल इको लज’को रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको सम्मानपत्रमा जानकारी दिइएको छ ।

टफ्ट टाइगर अवार्ड भारतमा सन् २०१० मा स्थापना गरिएको अवार्ड कार्यक्रम हो । पर्यटन क्षेत्रको दीगो विकासमा उल्लेखनीय योगदान गरेबापत हरेक वर्ष यो अवार्ड विभिन्न मुलुकका पर्यटकीय क्षेत्रमा योगदान पुर्याउने कम्पनीलाई दिइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds