पोखराको मणिपाल अस्पतालमा उपचारका लागि पुगेका संगम मिश्र सेती पुलमा कपडा छाडेर बेपत्ता भएकोमा आज दिउँसो शव भेटिएको छ ।
उनको शव पोखरा ३ नदिपुर नजिकै सेती नदीमा बीचमा ढुंगामा अड्किएको अवस्थामा केही समय अघि भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
तीन दिनसम्म फेला नपरेपछि कास्की प्रहरीले आज मध्यान्ह १२ बजेदेखि सेती नदी बाँध खोलेर खोजी सुरु गरेको थियो । यस निर्णय प्रभावकारी बनेको कास्की प्रहरी प्रवक्ता एवं डीएसपी श्रवणकुमार बिकले गण्डकन्यूजलाई जानकारी दिए ।
तनहुँ घर भई लामाचौर बस्दै आएका १९ वर्षीय संगम मंसिर २५ गते बेलुकी साढे ६ बजेबाट बेपत्ता भएका थिए । सँगै अस्पताल आएका बुवा हरिप्रसाद मिश्र औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको थियो ।
ड्याम खोल्दा नदीमा पानीको बहाव बढ्ने हुँदा शव तैरन सक्ने सम्भावना भएकाले यो उपाय अपनाइएको थियो ।
सम्बन्धित समाचारः
मणिपालमा उपचार गराइरहेका तनहूँका संगम पुलमा कपडा छाडेर बेपत्ता
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो