पोखरा महानगरपालिका मातहत रहेको न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरुले न्यायिक समितिका नाममा भएको भनिएको आर्थिक लेनदेनको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
उनीहरुले एक प्रेस बिज्ञप्ति जारी गरेर न्यायिक समितिको नाममा भएको भनिएको आर्थिक लेनदेनको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।
यसरी माग राख्नेहरुमा पोखरा महानगरकी उपमेयर एवम् न्यायिक समिति संयोजक मन्जु देवी गुरुङ, सदस्य कालिदास पोखरेल, उजुरी प्रशासक नारायण प्रसाद शर्मा, अभिलेख संरक्षक सोमनाथ लम्साल, पूर्व इजलाश सहायक राममणि अधिकारी, प्राविधिक अमिन दिवाकर सुबेदी र कार्यालय सहयोगी मुक्ति थापा रहेका छन्।
उनीहरुले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा आफूहरुले मंसिर २७ गते पोखरा महानगरपालिकाका प्रमुख समक्ष आर्थिक लेनदेनमा संलग्नहरुलाई छानविन गरी आवश्यक कानुनी कारवाहीको माग गर्दै लिखित निवेदन दिएको समेत उल्लेख गरेका छन्।
उक्त बिज्ञप्तिमा पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचारप्रति महानगर न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा भनिएकोछ,“हामी न्यायिक समिति संयोजक, सदस्य लगायत समितिको सचिवालयमा कार्यरत कर्मचारीहरु तथा पूर्वकर्मचारीहरु यस्तो घृणित कार्यमा संलग्न नरहेको स्पष्ट गर्दछौ ।”
न्यायिक समिति सदस्य भावना श्रेष्ठले पोखरा महानगरपालिका वडा नम्वर २६ बस्ने रविनकुमार श्रेष्ठ निवेदक र सोही ठाँउमा बस्ने नविनकुुमार श्रेष्ठ दोश्रो पक्ष रहेको बाटो निकास खुलाई पाउँ भन्ने विवादका निवेदक रविन श्रेष्ठसंग सो विवादमा नौसय २० मिटर बाटो दिलाईदिन्छु भनि रकम लेनदेन गरेको भन्ने समाचार सञ्चार माध्यमहरुबाट सार्वजनिक भएको र पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक, सदस्य, न्यायिक समितिको सचिवालयमा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीहरु समेतलाई रकम लेनदेन कार्यमा सम्वन्धित रहेको भनि उल्लेख भएको आरोप प्रति पनि सोहि बिज्ञप्ति मार्फत आपत्ति प्रकट गरिएको छ ।
आर्थिक लेनदेन भएको समाचार गत शुक्रबार राती प्रशारण भए पछि शनिबार विहान १०ः३० बजे लेनदेनमा संलग्न भएको भनिएकी न्यायिक समिति सदस्य भावनाले समितिका संयोजक मञ्जुदेवी गुुरुङ समक्ष राजीनामा दिइ सकेको र सो राजीनामाको विषयमा सोही दिन अपरान्ह ४ः३० बजे न्यायिक समिति सचिवालयको बैठक बसी राजीनामाका विषयमा र प्रशारण÷प्रकाशन भएका समाचारहरुका विषयमा आवश्यक छानविन गरी प्रचलित कानुन अनुसार कारबाहीको लागि नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

सम्बन्धित समाचारः
२ लाख घुस लिएको आरोपपछि न्यायिक समितिबाट भावनाको राजीनामा
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो