चितवनमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु

mrita fela

चितवन । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको ज्यान गएको छ ।

माडी नगरपालिका–१ गर्दिमा हिजो बेलुका बाग्मती प्रदेश ०३०४ प ८९१७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको ज्यान गएको हो । उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले ठक्कर दिने ट्र्याक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds