नारायणगढ–मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

mugling

k’n lgdf{0fsf nflu leQf] s6fg e/tk’/, % k’;M gf/fo0fu9–d’lUng ;8sv08 cGtu{t t’Og k’ndf PS;fe]6/ k|of]u u/]/ leQf s6fgsf] sfd x’Fb} . cfhb]lv b}lgs rf/ 306f ;8s aGb u/]/ k’n lgdf{0fsf sfd eO/x]sf] 5 . tl:a/M s[i0f cfrfo{÷/f;;

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो ।

सडक आयोजनाले यो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम गर्दै आएको छ । थप आठ वटा पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छ । काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।

तुइन खोलाको पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडि गुड्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds