सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घट्यो

Gold

पोखरा। नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबार १ हजार ३०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds