बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

Gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds