राष्ट्रपति पौडेल आज बागलुङ आउँदै

राष्ट्रपति पौडेल आज बागलुङ आउँदै

ramchandra paudel rastrap

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै छन्। आजदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लागेका हुन्।

धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला आयोजना हुदै छ ।

महोत्सव उद्घाटन अघि राष्ट्रपति पौडेलले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका– ४ कुँडुलेला रहेको शालिग्राम सङ्ग्रहालयको दर्शन गर्ने कार्यतालिका छ । त्यसपछि दिउँसो १ बजे पौडेलले महोत्सव उद्घाटन गर्ने छन् ।

महोत्सव आजदेखि पुस २२ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ