पोखरा । नेपालका पूर्व राष्ट्रिय खेलाडी स्व. गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहीन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् ।
तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्य समेत रहेका स्व. गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन् ।
आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे । मंगलबार मञ्चको कार्यालयमा मञ्चका पदाधिकारी र स्व. गुरुङका छोरा देवान गुरुङबिचमा पाँच वर्षका लागि पुरस्कार प्रायोजन सम्झौता भएको हो । देवानले आफुलाई अपांगता भएका व्यक्तिलाई सहयोग गर्न मन पर्ने बताउँदै उनीहरुमा शाहस ल्याउनका लागि बुबाको नाममा सहयोग गर्न लागेको सुनाए ।
‘बुबालाई हामीले मात्र नभई यो संस्थाले समेत सम्झि राखेको पाउँदै खुसि छु । यो संस्थाले राम्रो गर्नुभएको रहेछ । म पनि खेल प्रति चासो राख्ने गर्दछु र मलाई अपांगता भएका व्यक्तिहरुलाई सहयोग गन निकै मन पर्छ’ उनले भने, ‘नसक्नेहरु पनि रमाइलो गरोस् भन्ने चाहन्छु । मेरो लक्ष्य बुबाको नाममा केही गर्छु भन्नेछ र म पाँच वर्षका लागि ह्विचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार दिन चाहान्छु ।’ उनले मञ्चको आजिवन सदस्य समेत लिएका छन् । देवान क्योकुसिन कान कराते खेलाडी समेत हुन् ।
मञ्चका अध्यक्ष हरिपराजुलीले अग्रज खेलाडीहरुले स्थापना गरेको संस्थाले उचाइ छुदैँगर्दा स्व. गंगा गुरुङको समेत योगदान रहेको सुनाए ।
उनले आजिवन सदस्यहरुका परिवारलाई समेत मञ्चले जोड्ने चाहाना रहेको र थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्व. गुरुङको भिजन र खेल तथा संस्थाप्रतिको योगदानको कदर गर्दै उनको स्मृतिमा पुरस्कार प्रायोजन गरेकोमा धन्यवाद दिए ।
मञ्चका निवर्तमान अध्यक्ष तथा सफल पोखरा म्याराथनका अन्तर्राष्ट्रिय समन्वय संयोजक तेज गुरुङले संस्थाको बारेमा जानकारी दिदैँ संस्था बनाउने अग्रजका परिवारहरु यसबाट टाढा रहन नसक्ने बताए । उनले संस्था पूर्व खेलाडीहरुको साझा घर भएकाले यसको प्रतिष्ठासँग सबै जोडिने सुनाए । मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङ र संस्थाका आजिवन सदस्य कमल गुरुङको समेत उपस्थिति रहेको थियो ।
मञ्चले फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गर्दैछ । म्याराथनमा १२ वटा इभेन्टहरु हुनेछन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर