सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

gold_design

पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds