तोलामै १ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामै १ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामै १ हजार ३ सय रुपैयाँ बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds