पोखरामा म्याग्दीका घर्तीले श्रीमती रेखाको घाँटी थिचेर हत्या गरे

अपराध

पोखरामा म्याग्दीका घर्तीले श्रीमती रेखाको घाँटी थिचेर हत्या गरे

Ghartii

पोखरा। श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -७ ताकम घर भइ हाल पोखरा -२९ बस्दै आएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार बिहीबार दिउँसो अन्दाजी १:४० बजेको समयमा पोखरा महानगरपालिका -२९ नौविसेचोक स्थित विश्वराज पौडेलको तोरी बारीको कान्लामा आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीलाई घाँटी थिचेर हत्या गरेको भन्ने स्थानीयको सूचना पश्चात ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले श्रीमान रत्नलाई पक्राउ गरेको हो।

हत्याको कारणबारे प्रहरीले केही बताइसकेको छैन। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता विकले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds