१ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

१ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

sun-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामै १ हजार ३ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds