पोखरामा १ वर्षमा ७ गर्भवतीले ज्यान गुमाए

पोखरामा १ वर्षमा ७ गर्भवतीले ज्यान गुमाए

Mother-Death-Rate-scaled

पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरीक्षक सविना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा महानगरका भएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउन यता २ जना गर्भवती महिलाका मृत्यु भएको छ ।

उनले दिएको जानकारी अनुसार साउनयतामात्रै पोखरा ८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारको कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

पोखरा महानगरमा यस वर्ष ६ हजार महिला सुत्केरी हुन्छन् भन्ने अनुमान स्वास्थ्य महाशाखाले गरेको थियो । गत आर्थिक वर्ष २०७९/८० मा पोखरा सहित कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् ।

विभिन्न कारणले हुने मातृ मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य समिति रहने र उक्त समितिले मातृ मृत्यु हुनुको कारणबारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर उपप्रमुखको संयोजकत्वमा समिति रहने व्यवस्था गरको छ ।

पोखरा महानगरपालिका उप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरिक्षक सविना श्रेष्ठले मातृ मृत्यु दर न्यूनीकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको १ हप्तासम्मको नवजात शिशुको मृत्यु दर घटाउने र आमा तथा शिशुको मृत्यु हुन नदिने बारे जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताइन् ।

उनका अनुसार पहिलो प्राथमिकता गर्भवती आमाको सुरक्षामा ध्यान दिने गरी कार्यक्रम जनसमुुदायमा पुर्‍याउने गरी योजना बनाउने र त्यसको कार्यान्वयन स्वास्थ्य संस्थाहरुले गर्ने बताइ्न । उनले मातृ मृत्युलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्वि गर्ने र पूर्वाधार युक्त बनाउने कार्यमा समितिले पहल गर्छ ।

गभर्वती महिलाको मृत्यु हुनेबित्तिकै त्यसबारे अध्ययन गर्ने चिकित्सकले के कारण मृत्यु भयो भन्ने बारेमा पत्ता लगाउने र समिति समक्ष प्रतिवेदन प्रस्तुत गरेपछि आगामी कार्ययोजना तयार बैठकले गर्ने नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् । मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य कार्यक्रमको संयोजकमा पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ संयोजक, सदस्यहरुमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्य, सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा, निजी अस्पतालहरुको प्रतिनिधिबाट चिकित्सक जुनु श्रेष्ठ, कजएसाइन्मेन्ट चिकित्सक डा. नवीन श्रेष्ठ सदस्य छन् ।

सदस्य सचिवमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा नर्सिङ निरीक्षक सविना श्रेष्ठसहित ७ सदस्यीय समिति छ । बैठकमा गर्भवती महिलाहरुलाई जाँच गर्दा फरकफरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै मनाउने बारेमा सुझावसमेत दिइएको छ ।

निजी स्वास्थ्य संस्थाको प्रतिनिधित्व गरेकी मणिपाल शिक्षण अस्पतालकी चिकित्सक जुुनु श्रेष्ठले महिला गर्भवती हुन मानसिक र शारिरिक रुपमा तयार छ कि छैन भन्ने विषयमा ख्याल गर्नुपर्ने बताइन् । उनले महिलाको स्वास्थ्य अवस्थाबारे नबुझी गर्भधारण गर्दा आमाको मृत्यु हुने गरेको बताइन् । मृत्युदर मानसिक स्वास्थ्य र विभिन्न रोगका कारण बढेको बताइन् । उनले अझै पनि जनचेतनामूलक कार्यक्रमको खाँचो रहेको औंल्याइन ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मृत्युको कारण पत्ता लगाई त्यसको न्यूनीकरणमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । पछिल्लो समय शिक्षित भनिएका गर्भवती महिलाहरुको मृत्यु हुने गरेको बताउँदै स्वास्थ्यबारे सचेत बनाउनुपर्ने अवस्था रहेको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds