देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको जनाएको छ ।
अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिने भएको छ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको जनाएको छ ।
अटोमेशनमा गएको विषयमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाईन मार्फत काट्न सकिने बताए ।
उनका अनुसार यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी, पृथ्वी यातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन मार्फत सहजै टिकट काट्न सकिनेछ ।
कार्यक्रममा अध्यक्ष केसीले भने – ‘अहिले नेपालका धेरै क्षेत्रमा प्रविधिको प्रयोग भएको छ र सहजता पनि ल्याएको छ । हामी पनि समय र आम यात्रुको माग अनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेका छौँ । हामीलाई विश्वास छ, यसले हाम्रो सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउनेछ ।’
कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले भने- ‘यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित् बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने हाम्रा जुन संकल्प थियो र छ, आज आएर देशकै अग्रणी कंपनी पृथ्वीसँग जोडिन पाउँदा हामी अत्यन्तै खुशी भएका छौँ । हामीलाई विश्वास छ पृथ्वीसँगको यो सहकार्यले आम यात्रुले थप नयाँ अनुभवका साथ यात्रा गर्न पाउनुहुनेछ र उहाँहरुलाई सहजता हुनेछ ।’
बिगत ५० वर्ष भन्दा धेरै समय सेवा दिँदै आएको पृथ्वी यातायातले नेपालका प्रमुख शहर काठमडौ, बुटवल, हेटौडा देखि पूर्वका काकडभित्ता देखि सुदुरपश्चिमका धनगढी गरी ३० भन्दा बढी शहरमा सेवा दिँदै आएको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट करिब १३५० बस मार्फत सेवा दिँदै आएको छ । पृृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?