१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

Gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds