पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१२ चापापानीबाट जुवातास खेल्दै गरेका ८ जनालाई नगदसहित शनिबार पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार शनिबार साँझ अन्दाजी ५ बजेको समयमा चापापानी स्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पोखरा -१० रामबजार बस्ने ५० वर्षीया पञ्चमाया गुरुङ, पोखरा -३० शिशुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, पोखरा -१२ फुलबारी बस्ने ५२ वर्षीया पुर्णिमा गुरुङ, पोखरा -१६ दिप बस्ने ४६ वर्षीया रूपा गुरुङ, पोखरा – १३ बस्ने ५२ वर्षीय देवी बहादुर गुरुङ, पोखरा -१२ फूलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, पोखरा – १२ चापापानी बस्ने ५२ वर्षीया मैत कुमारी गुरुङ र मकवानपुरको हेटौडा घर भइ हाल पोखरा -११ रानीपौवा बस्ने ५५ वर्षीया कृष्णमाया थापा छन्।
प्रहरीले उनीहरूको साथबाट ४ बुक ताससहित नगद एक लाख पैंतिस हजार नौ सय पचासी रुपैयाँ बरामद गरेको छ। भने, उनीहरू विरुद्ध जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता विकले जानकारी दिए।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु