घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ७०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds